फेसबुकको मातहतमा रहेको एप म्यासेन्जर करोडौंले प्रयोग गर्दछन्।
फेसबुकका कर्मचारीले म्यासेन्जरको अडियो म्यासेज सुन्ने गरेको पत्ता लागेको छ।
बीबीसीका अनुसार फेसबुकले सयभन्दा बढी कर्मचारीहरु अडियोमा बोलेको कुरा शब्दमा उतार्न खटाएका छन्।
फेसबुकले आफूले प्रयोगकर्ताको अडियो सुन्ने गरेको स्वीकार गरेको छ।
गुगल, एप्पल, माइक्रोसफ्ट तथा अमेजन कम्पनीमा समेत फेसबुकमा जस्तै अडियोलाई शब्दमा उतार्ने कर्मचारी भएको यसअगाडि नै खुलिसकेको छ।
फेसबुकका अनुसार एकहप्ता अगाडिदेखि यस कार्यलाई उनीहरुले बन्द गरेका छन्। ब्लुमबर्गका अनुसार फेसबुकले यस्तो कार्य गर्दै आएको छ।
फेसबुकले आर्टिफिसिय इन्टिलिजेन्स प्रविधिको विकासका लागि अडियो रेकर्डको प्रयोग भएको बताएको छ।
फेसबुकले ट्रान्सक्रिप्सन सेवालाई रोज्ने प्रयोगकर्ताको मात्र अडियो प्रयोग दाबी गरेको छ।
ट्रान्सक्रिप्सन सेवा रोज्नेलाई फेसबुकले अडियो प्रयोग गरे बापत् पैसासमेत दिने बताइएको छ। यद्यपी यस सेवाबारे विस्तृतमा खुलाइएको छैन।
Shares
प्रतिक्रिया