राजनीति


नेकपा सचिवालय बैठक फेरि स्थगित

नेकपा सचिवालय बैठक फेरि स्थगित

नेपालखबर
साउन ३०, २०७६ बिहिबार १२:५,

 नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि पार्टी केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको थियो।

नेकपा नेताहरुले भोलि ३ बजे बस्नेगरी बैठक स्थगित भएको बताएका छन्।

साउन १३ को बैठकमा केन्द्रीय सदस्यहरुको रुचि बुझेर त्यसैअनुसार जिम्मेवारी बाँडफाँटको निर्णय गर्नेमा सचिवालय स्तरका नेताबीच सहमति भएको थियो। त्यसयता पटक पटक डाकिए पनि सचिवालय बैठक बस्न सकेको छैन।

प्रधानमन्त्री ओली केही समयअघि मात्र सिंगापुरमा उपचार गरेर फर्किएका हुन्। त्यसयता बैठक बस्न सकेको छैन।

स्कुल विभाग प्रमुखमा पूर्व एमाले र पूर्वमाओवादीले अडान नछोडेपछि नेकपाभित्र विभाग तथा आयोगहरुको जिम्मेवारी बाँडफाँटको विषय टुंगो लाग्न ढिलो भइरहेको हो।

पूर्वएमालेको भागमा संगठन र विदेशजस्तो महत्वपूर्ण विभाग परिसकेकाले स्कुल विभाग आफूले पाउनु पर्ने अडान पूर्वमाओवादीको छ। पूर्व एमाले स्कूल विभाग पूर्वमाओवादीलाई छोड्न तयार देखिँदैन।

नेकपाका ३३ विभाग मध्ये पूर्व एमालेले १८ र पूर्व माओवादीले १४ विभागको नेतृत्व गर्ने सहमति भएको छ। रणनीतिक रुपले महत्वपूर्ण मानिने स्कुल विभाग कसले लिने भन्ने भन्नेमा सहमति बन्न नसकेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad