अमेरिकी अन्तरिक्ष यान ‘पर्सिभिअरेन्स’ मंगल ग्रहमा अवतरण गरेको छ।
६ वटा पांग्रा भएको रोबट ७ महिना करिब आधा अर्ब किलोमिटर यात्रा गरेर नेपाली समयअनुसार आज (शुक्रबार) बिहान करिब २:४० बजे मंगल ग्रहको सतहमा अवतरण गरेको हो।
यान मंगल ग्रहमा अवतरण गरेको तस्बिर नासाले ट्विट गरेको छ।
— NASA's Perseverance Mars Rover (@NASAPersevere) February 18, 2021Hello, world. My first look at my forever home. #CountdownToMars pic.twitter.com/dkM9jE9I6X
पर्सिभिअरन्सले मंगल ग्रहमा पहिले जीवन भए/नभएको अध्ययन गर्ने बीबीसीले जनाएको छ।
अहिलेसम्म मंगल ग्रहमा १४ मिसनले अवतरण गर्ने प्रयास गरेकामा ८ वटा सफल भएका छन्। ती सबै अमेरिकी अभियान हुन्। अमेरिकी प्रयास एकपटक मात्रै सन् १९९९ मा असफल भएको छ।
सन् १९७० पछि नासाको यो पहिलो मिसन हो, जसले मंगल ग्रहमा जीवनको सम्भावना खोज्ने लक्ष्य लिएको छ।
अन्तरिक्ष यान अवतरण गरेपछि नासाको नियन्त्रण केन्द्र (कन्ट्रोल सेन्टर) मा बसिरहेका वैज्ञानिक खुसीले उफ्रिएका थिए।
Touchdown! The #CountdownToMars is over! Members of NASA’s Perseverance Mars rover team celebrate in mission control after receiving confirmation of the arrival of @NASAPersevere to the surface of Mars! 📷https://t.co/1C6QkuRetg pic.twitter.com/uPLijL9EfX
— NASA HQ PHOTO (@nasahqphoto) February 18, 2021
Shares
प्रतिक्रिया