सामसुङले आफूले सार्वजनिक गरेको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी नोट १० र नोट प्लस’ विश्वकै शक्तिशाली फोन भएको दाबी गरेको छ।
दक्षिण कोरियाली बहुराष्ट्रिय प्रविधि कम्पनी सामसुङले बुधबार न्युयोर्कमा आफ्ना नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो।
सामसुङ कम्पनीका सिइओ डिजे कोहले भने,‘यो विश्वकै सबैभन्दा शक्तिशाली फोनको नयाँ भर्सन हो। फाइभ जी नेटवर्कले हामीलाई नयाँ सीमातिर लग्दै गएको छ। सामसुङ यस्ता कार्यमा अगाडि छ।’
ग्यालेक्सी नोट १० र नोट प्लसमा क्यामेराको गुणस्तर उत्तम भएको बताइएको छ। यसमा थ्रीडी स्क्रिनिङ गर्न सकिने जनाइएको छ।
यसको मूल्य ९५० अमेरिकी डलरदेखि सुरु हुने जनाइएको छ। दुवै फोनहरु यसै महिनाकाे २३ तारिखबाट बजारमा उपलब्ध हुनेछन्। एजेन्सी

प्रतिक्रिया