समाज


क्यान्सर पीडितलाई उपराष्ट्रपतिको एक महिनाको तलब सहयोग

क्यान्सर पीडितलाई उपराष्ट्रपतिको एक महिनाको तलब सहयोग

नेपालखबर
साउन २३, २०७६ बिहिबार १२:५०,

उपराष्ट्रपति नन्दबहादुर पुनले एक महिनाको तलब रकम क्यान्सर पीडितका लागि सहयोग गरेका छन्। उनले बिहीबार अपरान्ह क्यान्सर पीडितहरुका लागि ‘नेपाल क्यान्सर सहयोय अभियान’लाई एक महिनाको तलब बराबरको रकम हस्तान्तरण गरेका हुन्।

उपराष्ट्रपति पुनले कर र अन्य कट्टि भई पाउने एक महिनाको तलब रकम ६२ हजार क्यान्सर सहयोग अभियानका अध्यक्ष डा‍. सुदिप श्रेष्ठलाई हस्तान्तरण गरे। उपराष्ट्रपतिले केही दिन अघि नेपाल क्यान्सर सहयोग समूहले आयोजना गरेको कार्यक्रममा आफ्नो एक महिनाको तलब क्यान्सर पीडितलाई सहयोग गर्ने घोषणा गरेका थिए।

उपराष्ट्रपतिले रकम हस्तान्तरण गर्दै क्यान्सर पीडितहरुलाई सबैले सहयोग र माया गर्नुपर्ने बताए। सहयोग रकम लिँदै क्यान्सर सहयोग अभियानका अध्यक्ष श्रेष्ठले उपराष्ट्रपतिको सहयोगबाट आफूहरु र क्यान्सर पीडित अत्यन्त उत्साहित भएको बताए। उनले क्यान्सर पीडितहरुलाई राज्यले सहयोग गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad