उक्त इन्जिन सुपरसोनिक विमानमा जडान गरिनेछ। सुपरसोनिक म्याच १६ फ्लाइटका लागि यो इन्जिन प्रयोग हुने जनाइएको छ।
अर्थात् यो जेट इन्जिन ध्वनीको गतिभन्दा १६ गुणा छिटो छ।
बेइजिङको हाइपरसोनिक विन्ड टनेलमा यस जेट इन्जिनको परीक्षण गरिएको थियो र उक्त परीक्षण सफल भएको चाइनिज जर्नल अफ एरोनटिक्समा उल्लेख गरिएको छ।
हाइपरसोनिक विन्ड टनेल
चाइनिज एकेडेमी अफ साइन्सेस इन्स्टिट्युट अफ मेकानिक्सले यस जेट इन्जिन निर्माण गरिरहेको हो।
यसका प्रमुख वैज्ञानिक जियाङ जोङलिनका अनुसार यस जेट इन्जिन प्रयोग भएको विमान धावनमार्गबाट उडेर पृथ्वीको कक्षसम्म पुग्नसक्ने र फेरि विमानस्थलमा अवतरण गर्नसक्नेछ। एजेन्सी

प्रतिक्रिया