चर्चित गायक तथा संगीतकार सत्य–स्वरुपराज आचार्यले नयाँ गजल भिडियोसहित सार्वजनिक गरेका छन्। ‘मैसाब’ एल्बमको शीर्ष गजलको भिडियो गत बुधबार ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो।
अमृत खतिवडा ‘भान्जाभाई’ र सत्य–स्वरुपले गजल लेखन गरेका हुन् भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ। नेपाली गीत संगीतमा स्तरीय गीतहरू पस्किँदै आएका सत्य–स्वरुपको यो गजल आफैँमा दमदार त छ नै, भिडियोमा पनि निकै मिहिनेत गरिएको छ। मैसाबमा नेपाली गीत गजलमा प्रयोगमा नआएका कतिपय शब्दहरू पनि प्रयोग गरिएको छ ।
‘मैसाव’को भूमिकामा चोक्यला शेर्पा र ‘राजकुमार’को भूमिकामा अभिनेता पल शाहको अभिनय हेर्न सकिन्छ। सुदिप बरालको छायाँकन, अर्जुन जिसीको सम्पादन रहेको भिडियोको कोरियोग्राफी र निर्देशन कविराज गहतराजले गरेका हुन्।
भिडियो हेर्नुहोस् :
Shares
प्रतिक्रिया