ad ad

प्रविधि


चिनियाँ प्रविधि कम्पनी हुवावे र जेडटीईलाई अमेरिका किन खतरा मान्छ?

चिनियाँ प्रविधि कम्पनी हुवावे र जेडटीईलाई अमेरिका किन खतरा मान्छ?

नेपालखबर
असार २१, २०७७ आइतबार ८:४०,

यी प्रविधि कम्पनीको उत्पादनमार्फत् चीन सरकारले दोस्रो देशको आन्तरिक सूचना संकलन गर्ने गरेको अमेरिकी अरोप छ।

यस विषयमा अमेरिकी सरकारको संचार मामिलाको नियामक संस्था फेडरल कम्युनिकेसन कमिसन एफसीसीका प्रमुख अजित पेइ भन्छन्,‘हुवावे र जेडटीई कम्पनीको सम्बन्ध चिनियाँ कम्युनिस्ट पार्टीसँग भएको देखिएको छ। चीनको कानुनअनुसार चीनको अनुसन्धान एजेन्सीले जुनै चिनियाँ कम्पनीसँग आन्तरिक जानकारी माग्न सक्छ। र ती कम्पनीले सूचना सरकारलाई नदिएको पनि भन्न सक्छन्।’

यस कारण हुवावे र जेडटीई कम्पनीमा चीन सरकारको नियन्त्रण भएको अजित पेइ बताउँछन्। यद्यपी यी कम्पनीले आफू चीन सरकारबाट स्वतन्त्र भएको र आफ्ना प्रयोगकर्ताको डेटा पूर्णतया सुरक्षित भएको दाबी गर्दै आएका छन्।

After India removes 59 Chinese apps, US disconnects ZTE and Huawei ...

उनी भन्छन्,‘तपाइँले हुवावे र जेडटीईको सामग्री अमेरिकामा प्रयोग गर्नुभएको छ भने चीनले चाहे तपाइँको व्यक्तिगत विवरण तपाइँको स्वीकृति बिनै हासिल गर्नसक्छ। यस्तो खतरा अमेरिकाले लिन सक्दैन।’

अमेरिकाले हुवावे, जेडटीई लगायतका चिनियाँ कम्पनी चिनियाँ सरकारको जासुसीको माध्यम भएको बताउँदै आएको छ। यी कम्पनीहरुलाई अमेरिकाले प्रतिबन्ध लगाउनुका साथै अन्य देशलाई पनि चिनियाँ सामग्री प्रयोग नगर्न सुझाव दिँदै आएको छ।

भारतले हालै चीनका ५९ एप्लिकेसनमा लगाएको प्रतिबन्धप्रति अजित पेइले अमेरिका यस कार्यबाट खुशी भएको बताए।

चीनले फाइभ–जी प्रविधिको विकास गरेको छ। फाइभ–जी प्रविधि विस्तारका लागि चीनले विभिन्न देशसँग साझेदारी गर्न खोजिरहेको छ।

अमेरिकाले चिनियाँ सामग्री प्रयोग गरे देशको सुरक्षामा खतरा उत्पन्न हुने विश्वभरका देशलाई चेतावनी दिँदै आएको छ।

चिनियाँ विश्लेषकहरुले भने चीन प्रविधिको क्षेत्रमा अब्बल बन्दै जाँदा अमेरिका बाधक बन्न खोजेको आरोप लगाएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .