प्रविधि


मेटाले अमेरिकी तथ्य जाँच बन्द गर्नु ‘खतरनाक समय’को सुरुवात: रेसा

मेटाले अमेरिकी तथ्य जाँच बन्द गर्नु ‘खतरनाक समय’को सुरुवात: रेसा

फाइल तस्बिर: मारिया रेसा र मार्क जुकरबर्ग


नेपालखबर
पुस २४, २०८१ बुधबार २०:५९, मनिला

फिलिपिन्सकी नोबेल पुरस्कार विजेता मारिया रेसाले सामाजिक सञ्जाल मेटाले फेसबुक र इन्स्टाग्राममा आफ्नो अमेरिकी तथ्य जाँच कार्यक्रम बन्द गरेपछि एएफपीलाई दिएको अन्तर्वार्तामा बुधबार ‘अत्यन्त खतरनाक समय’को सुरुवात भनेकी छन्। 

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेको पालामा दायर गरिएको अदालती मुद्दासँग जुध्दै रेसा र उनले स्थापना गरेको राप्लर न्युज साइटले वर्षौंसम्म अनलाइन गलत सूचनाविरुद्ध लडेका छन्। 

सन् २०२१ मा नोबेल शान्ति पुरस्कार विजेता तथा वरिष्ठ पत्रकार रेसाले मेटाको निर्णयले पत्रकारिता, लोकतन्त्र र सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि ‘अत्यन्त खतरनाक समय’ आउन लागेको सङ्केत भएको बताइन्। 

‘मार्क जुकरबर्गले यो अभिव्यक्ति स्वतन्त्रताको मुद्दा हो भन्नुभएको छ। यो सरासर गलत हो,’ रेसाले मनिलास्थित र्‍यापलरको समाचार कक्षमा एएफपीसँग भनिन्। 

‘यदि नाफामा आधारित संस्थाले मात्र यो दाबी गर्न सक्ने तर शक्ति र पैसा नचाहने स्वतन्त्र संस्था हो भने त्यसले त्यो दाबी गर्नु सही होइन। यो व्यक्तिको सुरक्षाको कुरा हो’, उनले भनिन्। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad