प्रविधि


पृथ्वीमा फर्कियो नासाको ‘स्पेसएक्स क्रु-८’

पृथ्वीमा फर्कियो नासाको ‘स्पेसएक्स क्रु-८’

नेपालखबर
कात्तिक १०, २०८१ शनिबार २१:८, लस एन्जलस

अमेरिकी नेसनल एरोनटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) को स्पेसएक्स क्रु-८ अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा सात महिनाको वैज्ञानिक अभियान पूरा गरेर शुक्रबार पृथ्वीमा फर्किएका छन्।

चालक दल बोकेको स्पेसएक्स ड्रयागन अन्तरिक्ष यान शुक्रबार अमेरिकी समयअनुसार बिहान ३ः२९ मा अमेरिकी राज्य फ्लोरिडाको पेन्साकोला तटमा अवतरण गरेको हो।

चार सदस्यीय चालक दलमा नासाका अन्तरिक्ष यात्री म्याथ्यु डोमिनिक, माइकल ब्यारेट, जेनेट एप्सका साथै रोस्कोसमस अन्तरिक्ष यात्री अलेक्ज्यान्डर ग्रेबेन्किन छन्। 

यो मिसन नासाको स्पेसएक्ससँग आईएसएसमा आठौँ व्यावसायिक ‘क्रु रोटेसन मिसन’ हो। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad