ad ad

प्रविधि


अन्तरिक्षबाट ५ दिनपछि पृथ्वीमा फर्कियो स्पेसएक्सको ऐतिहासिक मिसन (तस्बिरहरू)

व्यावसायिक अन्तरिक्ष उद्योगका लागि ठूलो कदम : नासा
अन्तरिक्षबाट ५ दिनपछि पृथ्वीमा फर्कियो स्पेसएक्सको ऐतिहासिक मिसन (तस्बिरहरू)

नेपालखबर
भदौ ३०, २०८१ आइतबार २०:१७, काठमाडौँ

अन्तरिक्षमा पाँच दिन बिताएपछि स्पेसएक्सको पोलारिस डन मिसन पृथ्वीमा फर्किएको छ।

यो एउटा ऐतिहासिक मिसन थियो, जसमा आम मानिसले पहिलोपटक स्पेसवाक गरेका छन्।

यो अभियानको सफलतापछि अन्तरिक्ष पर्यटनको बाटो खुल्ने विश्वास गरिएको छ।

अन्तरिक्ष यात्रीहरू बोकेको ड्र्यागन क्याप्सुल स्थानीय समयअनुसार बिहान ३:३७ मा फ्लोरिडाको तटबाट पानीमा अवतरण भएको बीबीसीले जनाएको छ। 

यो सम्पूर्ण घटना स्पेसएक्सले प्रत्यक्ष प्रसारण गरेको थियो।

स्पेसएक्सले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेको छ, ‘ड्र्यागन क्याप्सुल फिर्ता आयो। पृथ्वीमा स्वागत छ।’

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यसलाई व्यावसायिक अन्तरिक्ष उद्योगका लागि ठूलो कदम भनेको छ।

अर्बपति जेरेड इसाकम्यानको नेतृत्वमा चार साधारण नागरिकको यो मिसन विगत पचास वर्षमा अन्तरिक्षमा पुग्ने सबैभन्दा लामो मानवीय अभियान थियो।

अर्बपति जेरेड इसाकम्यानसँगै अमेरिकी वायुसेनाका सेवानिवृत्त पाइलट स्कट पोटेट, स्पेसएक्सका कर्मचारी साराह गिलिस र अन्ना मेनन मिसनमा उपस्थित थिए। 

जेरेड इसाकम्यान र साराह गिलिस दुवै स्पेसवाक गर्ने पहिलो गैरपेसेवर हुन्।

हेर्नुहोस थप तस्बिर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .