ad ad

प्रविधि


मस्क र ट्वीटरबीचको सम्झौतामा आगामी अगष्टमा शेयरधनीले मतदान गर्ने

मस्क र ट्वीटरबीचको सम्झौतामा आगामी अगष्टमा शेयरधनीले मतदान गर्ने

नेपालखबर
जेठ २६, २०७९ बिहिबार ११:५७, काठमाडौँ

सामाजिक सञ्जाल ट्वीटरका शेयरधनीहरुले आगामी अगष्ट महिनामा अर्बपति इलोन मस्क र कम्पनीबीच भएको खरिद सम्झौतामा मतदान गर्ने भएका छन्।

कम्पनीले ४४ अर्ब डलरको उक्त सम्झौताबारे शेयरधनीहरुबीच अगष्टमा मतदान गराउने तयारी गरेको हो। 

ट्वीटरको आन्तरिक स्रोतका अनुसार जुलाईको अन्तिम वा अगष्टमा सम्झौताबारे मतदानको तयारी गरिएको हो। 

सम्झौताबारे ट्वीटरका शेयरधनीले मतदान गर्ने विषयबारे भने मस्कले कुनै प्रतिक्रिया दिएका छैनन्।

यसअघि ट्वीटरको सञ्चालक बोर्डले मस्कसँगको सम्झौता पारित गरिसकेको छ। 

यसअघि सोमबार मस्कका वकिलले ट्वीटरले आफ्नो स्पाम र नक्कली खाताबारे जानकारी दिन अस्वीकार गरेको अवस्थामा मस्कले यो सम्झौता रद्द गर्न सक्ने चेतावनी दिएका थिए।

ट्वीटरले भने मस्कसँग सूचना आदानप्रदान भइरहेको बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .