राजनीति


सुदूरपश्चिममा २२४ मध्ये १४८ जनाले मतदान गरे

सुदूरपश्चिममा २२४ मध्ये १४८ जनाले मतदान गरे

नेपालखबर
माघ ११, २०८२ आइतबार १२:२१, काठमाडौँ

सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मतदान जारी रहेको छ। 

निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टका अनुसार अहिलेसम्म एक सय ४८ मत खसेका छन्। सुदूरपश्चिममा स्थानीय तहका १७३ र प्रदेश सभाका ५१ गरी २२४ मतदाता छन्। 

राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) ले गठबन्धन गरेका छन् भने उनीहरूविरुद्ध नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पनि उम्मेदवारी दिएको छ।

कांग्रेसबाट खम्मबहादुर खाती, एमालेबाट लीलाकुमारी भण्डारी, नेकपाबाट टीकाराम जैसी र रोजी बस्नेत सुनार उम्मेदवार रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad