राजनीति


आज धनगढीबाट प्रदेशस्तरीय सन्देश सभा सुरु गर्दै नेपाली कम्युनिस्ट पार्टी

सुदूरपश्चिम सभा आयोजनाको नेतृत्व गर्ने जिम्मेवारी नेता भीम रावललाई
आज धनगढीबाट प्रदेशस्तरीय सन्देश सभा सुरु गर्दै नेपाली कम्युनिस्ट पार्टी

फाइल तस्बिर


नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार ८:४४, कञ्चनपुर

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आज (शुक्रबार) धनगढीमा सन्देश सभा गर्दै छ।

सभामा नेकपा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड), सहसंयोजक माधव नेपाल र भीम रावललगायतका नेताहरू सभामा सहभागी हुनेछन्। 

पार्टीले देशका विभिन्न प्रदेशमा सन्देश सभा गर्ने योजना बनाएको छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत १० भन्दा बढी वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि एकताको सन्देश दिन प्रदेशमा सन्देश सभा गर्न लागिएको हो।

सातै प्रदेशमा सन्देश सभा गर्न लागेको नेकपाले सुदूरपश्चिमबाट त्यसको सुरुवात गर्न लागेको हो। 

लुम्बिनीको देउखुरीमा मंसिर १३, गण्डकीको पोखरामा मंसिर १४ गते, कोसीको विराटनगरमा मंसिर १५ गते सभा हुनेछ। 

साथै कर्णालीको सुर्खेतमा मंसिर १८ गते, मधेसको जनकपुरमा मंसिर २० गते र बागमतीको हेटौँडामा मंसिर २३ गते सभा हुनेछ।

सुदूरपश्चिमको धनगढीको आजको सभापछि जिल्ला र पालिकास्तरमा पनि सभा आयोजना गरिने नेकपाले जनाएको छ। 

मंसिर मसान्तभित्र जिल्लादेखि पालिकास्तरका सन्देश सभा सम्पन्न गरिने नेता जनक बुढाले बताए।

धनगढीमा आज हुने सभामा नेताहरूको सम्बोधनका साथै अन्य पार्टी परित्याग गर्ने नेता-कार्यकर्तालाई स्वागत गर्ने कार्यक्रम पनि रहेको नेकपाले जनाएको छ। 

धनगढीको कबर्ड हलमा आयोजना हुने सभाअघि बजारमा र्‍याली निकालिनेछ।

नेता भीम रावलको नेतृत्वमा सन्देश सभा आयोजक मूल समिति गठन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad