राजनीति


मन्त्री बर्खास्तीमा परेपछि नाउपाले लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

मन्त्री बर्खास्तीमा परेपछि नाउपाले लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

नेपालखबर
असार २०, २०८२ शुक्रबार १४:२७, कन्चनपुर

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

नाउपाको शुक्रबार बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए। 

सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द्रको पत्र आएपछि दलको बैठकले सोहीअनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उनले बताए। 

मुख्यमन्त्री कमल बहादुर शाहले बिहीबार नाउपाबाट सरकारमा सहभागी  उद्योग मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए। मन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले समर्थन फिर्ता लिएको हो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad