रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने भएको छ।
नागरिक उन्मुक्तिको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको आइतबार बसेको बैठकले शाहलाई विश्वासको मत दिने निर्णय गरेको हो।
बैठकले विश्वासको मत दिने र सरकारमा पनि सहभागी हुने निर्णय गरेको महासचिव रतन थापाले जानकारी दिए।
नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शाहले प्रदेश सभाको बैठकमा विश्वासको मत माग्दैछन्।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छ।
सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, सभामुखसहित नेकपा माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४ तथा राप्रपाका एक र स्वतन्त्र एक सांसद छन्।
Shares

प्रतिक्रिया