सुदूरपश्चिम प्रदेश सभाको सभामुखका चयनका लागि पुनः मत विभाजन गर्ने सहमति भएको छ।
शनिबार सभाध्यक्ष शिवराज भट्टले बोलाएको सर्वदलीय बैठकले सभामुख चयनका लागि दोस्रोपटक मत विभाजन गर्ने सहमति गरेको बैठकमा सहभागी एक प्रदेशसभा सदस्यले बताए।
शुक्रबारदेखि अनिश्चित बनेको प्रदेशसभा बैठक आजै साँझ ६ बजेका लागि बोलाइएको छ। सो बैठकमा सभामुख चयन प्रक्रिया अगाडि बढ्ने प्रदेश सचिवालयका प्रवक्ता नरेन्द्रसिंह कुवरले बताए।
यसअघि कसैले पनि बहुमत नल्याएपछि सभामुख चयन हुन सकेको थिएन।
पुस ३०, २०७९, शनिबार
प्रतिक्रिया