नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलबीच भेट भएको छ। शनिबार एकीकृत समाजवादीको कार्यालय, आलोकनगरमा दुई नेताबीच भेट भएको हो।
भेटमा अध्यक्ष नेपालसँग सामान्य छलफल भएको नेता पौडेलले जानकारी दिए।
‘आन्तरिक कुराहरु हो, समसामयिक कुरामा सामान्य छलफल भयो। खासै त्यस्तो होइन,’ पौडेलले नेपालखबरसँग भने।
नेपाल र पौडेलबीच करिब एक घण्टा कुराकानी भएको थियो।
कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर राष्ट्रपति मागेको चर्चाबीच पौडेल नेता नेपाललाई भेट्न पुगेका हुन्। कांग्रेस नेतृत्वको गठबन्धन टुट्नुअघि पौडेल राष्ट्रपतिको उम्मेदबार बन्ने कसरत गरिरहेका थिए।
54
Shares
प्रतिक्रिया