ad ad

राजनीति


सुदूरपश्चिम प्रदेश सरकार गठन गर्न आह्वान, २७ गतेसम्मको म्याद

सुदूरपश्चिम प्रदेश सरकार गठन गर्न आह्वान, २७ गतेसम्मको म्याद

फाइल तस्बिर


नेपालखबर
पुस २०, २०७९ बुधबार १४:४१, काठमाडौँ

प्रदेश प्रमुख देवराज जोशीले सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि २७ गतेभित्र दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन्। 

प्रदेश प्रमुख जोशीले आगामी पुस २७ गते ५ बजे भित्र सरकार गठनका लागि दाबी पेश गर्न प्रदेशसभामा निर्वाचित दलहरुलाई आह्वान गरेका हुन्। 

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरिएको बताए। 

संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न कुनै पनि दलको बहुमत नपुग्ने भएपछि उपधारा (२) अनुसार दुई वा दुईभन्दा धेरै दलको समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ।

त्यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्छ। 

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार बनाउन २७ जना सांसद चाहिन्छ। 

सुदूरपश्चिम प्रदेशमा १९ सिट जितेको नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो। त्यहाँ नेकपा माओवादी केन्द्रले ११, नेकपा एमालेले १०, नागरिक उन्मुक्तिले ७, नेकपा एकीकृत समाजवादीले ४, राप्रपाले एक र स्वतन्त्रबाट एक जना प्रदेश सभा सदस्य निर्वाचित छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .