नेकपा–एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको वार्तामा कुनै प्रगति नभएको बताएका छन्।
उनले आफूसँगको वार्तामा ओलीले कुनै नयाँ प्रस्ताव नल्याएको र आफूले गरेका निर्णयहरुबाट पछि हट्न पनि नचाहेका कारण वार्तामा प्रगति हुन नसकेको बताए।
यो पनिः ओलीसँगको मेरियट बैठकपछि नेपालले भने– कुनै प्रगति छैन
‘उहाँले समस्या समाधानका लागि कुनै नयाँ प्रस्ताव पनि ल्याउनु भएन र उहाँले जेजस्ता गतिबिधि र निर्णय गर्दै अघि बढ्नुभएको छ त्यसबाट पछि हट्न पनि चाहनुभएन,’ नेपालले बैठकपछि नेपालखबरसँग भने, ‘उहाँले जिल्ला अध्यक्षहरु हटाएको कुरालाई पनि सँच्याउन तयार देखिनुभएन।’
नेता नेपाल भने सो बैठकमा पार्टीलाई माओवादीसँग एकीकरण हुनुभन्दापहिले वा २०७५ जेठ २ गतेको बिन्दूबाट नै एमालेका समितिहरु क्रियाशील बनाउनुपर्ने र ओलीले भोलिका लागि बोलाएको बैठक रोकेर छलफललाई निरन्तरता दिनुपर्ने अडान लिँदै आएका छन्।
यो पनिः
मेरियट होटेलमा नेपालले ओलीसँग राख्दैछन् यी दुई प्रमुख प्रस्ताव
Shares
प्रतिक्रिया