नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो स्पष्टीकरणमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई १३ बुँदे प्रतिप्रश्न गरेका छन्।
चैत २ मा भएको भेटको स्मरण गराउँदै नेता नेपालले प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई पार्टी विभाजनको दुरासय देखिएकाले आरोप लगाएका छन्।
‘कमी कमजोरी हटाएर सशक्त नेकपा (एमाले) निर्माण गर्न सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै पार्टी तथा जनसंगठनहरुको संरचना पार्टी एकीकरण पूर्वको स्थितिमा रहेको स्वीकार गरौं र तपाईंबाट फागुन २८ गते अवैधानिक रुपमा गरिएको निर्णय बदर गरौं भन्दा तपाईंले किन मान्नु भएन?’, नेपालले प्रतिप्रश्न गर्दे भनेका छन्, ‘यसको तात्पर्य तपाईंमा पार्टी विभाजनको दुरासय रहेको देखियो किन नभन्ने?’
त्यसैगरी पार्टी विधानलाई भत्काउँदै स्वच्छाचारी रुपमा पार्टी सञ्चालन गर्ने अधिकार अध्यक्षलाई कसले दियो भन्ने प्रतिप्रश्न पनि नेपालले गरेका छन्।
यो पनि : भीम रावलले बुझाए प्रतिप्रश्नले भरिएको स्पष्टीकरण (पूर्णपाठ)
‘पार्टीको विधान संशोधनजस्तो संगठन सञ्चालनको आधारलाई स्वेच्छाचारी किसिमले भत्काउने अधिकार तपाईंले विधानको कुन धाराबाट प्राप्त गर्नुभयो? पार्टी विधानविपरीत मनपरी किसिमले पार्टी विधानमा संशोधन गरिएको कुरा गर्दै नेकपा (एमाले) का सदस्य नै नरहेका व्यक्तिहरुलाई केन्द्रीय कमिटीको सदस्यको पद रिक्त नै नरहेको अवस्थामा केन्द्रीय कमिटीको सदस्यमा मनोनयन गरिएको भनी तपाईंले कसरी भन्नसक्नु भयो ? यस्तो स्वेच्छचारी काम गर्दा तपाईंलाई नवौं राष्ट्रिय महाधिवेशनमा गरिएको शपथको सम्झना किन भएन?’ ओलीमाथि नेपालले प्रश्न गरेका छन्।
पूर्णपाठ:
Shares
प्रतिक्रिया