कारोबार


एभरेष्ट बैंकद्वारा नयाँ वर्ष २०७८ को क्यालेण्डर अनावरण

एभरेष्ट बैंकद्वारा नयाँ वर्ष २०७८ को क्यालेण्डर अनावरण

नेपालखबर
चैत १२, २०७७ बिहिबार १३:१३,

एभरेष्ट बैंकले नयाँ वर्ष २०७८ को कर्पोरेट क्यालेन्डर अनावरण गरेको छ। बिहीबार पर्यटन विभाग, प्रदर्शनीमार्गमा आयोजित समारोहमा बैंकले सो क्यालेण्डर अनावरण गरेको हो।

लामो समयदेखि बैंकले नेपालको संस्कृति र पर्यटन सम्बन्धी बिभिन्न विषयवस्तुहरुलाई समाहित गर्दै आफ्नो कर्पोरेट क्यालेन्डर बनाउँदै आएको छ।

‘सगरमाथाको १२ फरक फरक मुहारहरू’ विषयवस्तु राखेर तयार पारिएको बैंकको क्यालेन्डर २०७८ पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जीके नेगी, नेपाल पर्वतारोहण संघका कार्यकारी सदस्य तथा बैंकका ब्रान्ड फेस मिङमा डेभिड शेर्पाले संयुक्त रुपमा अनावरण गरेका छन्।

सो कार्यक्रममा डा. सन्धीर कुमार–नायव महाप्रबन्धक, एभरेष्ट बैंक र पर्यटन विभाग तथा बैंकका अन्य उच्च अधिकारीहरू पनि सामेल थिए।

कार्यक्रमको दौरान बैंक व्यवस्थापनले, सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटरलाई मध्येनजर गर्दै यसको चर्चा बढाउन बैंकले ‘सगरमाथाको १२ फरक फरक मुहारहरू’ जस्तो अनुपम विषयवस्तुलाई चित्रण गरेको हो जसले नेपालको माउन्टेन पर्यटनलाई पनि बढावा दिन्छ भन्नेमा प्रकास पारेका छन्।

स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०२ शाखा संजाल, प्रादेशिक कार्यालय, १३४ एटीएम बुथ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .