म्यानमारमा सेनाले सोमबारदेखि सत्ता कब्जा गरी एक वर्षका लागि संकटकाल लगाएको छ।
त्यहाँको सेनाले सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुची र राष्ट्रपति विन मिन्टसहित प्रदेशका प्रमुखहरूलाई नियन्त्रणमा लिएका कारण म्यानमारको परिस्थिति यतिबेला जोखिमपूर्ण छ।
यही कुरा विचार गरी म्यानमारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सतर्कता अपनाउन सुझाव दिएको छ।
त्यहाँ रहेका बीबीसीका नेपाली पत्रकार दीपक भट्टराईका अनुसार दूतावासले पठाएको इमेलमा भनिएको छ- ‘म्यानमारको राजनीतिक घटनाक्रमले जुलुस, र्याली हुन सक्छ। सञ्चार बन्द छ/थप हुन सक्छ। घरबाहिर निस्किँदा सावधान रहनुहोला। आवश्यक कामबाहेक घरबाहिर ननिस्किनुहोला।’
अगाडि लेखिएकाे छ- ‘छरछिमेकमा हुने घटनाबारे जानकारी राख्नुहोला। घरमा कम्तीमा १० दिनको खाद्यवस्तु सञ्चित राख्नुहोला।’
पत्रकार भट्टराईका अनुसार राति त्यहाँको सैनिक सरकारले पुराना २४ मन्त्रीलाई हटाई ११ मन्त्री थपेको छ। नयाँ मन्त्री सेनाका पूर्वजनरल, कोलनल र केही पदमै भएका छन्। रमाइलो चाहिँ परराष्ट्र तीनवटा भएका छन्।
कहाँ छिन् आङ सान सुची?
पत्रकार भट्टराईका अनुसार त्यहाँ अहिले धेरै नागरिकको चासो नेतृ आङ सान सुची र राष्ट्रपति कहाँ छन् भन्ने छ। सुची कस्तो होलिन् भन्ने छ। सुचीलाई भगवान् जसरी पूजा गर्ने धेरै छन्।
यस्तै त्यहाँको सैनिक सरकारले निर्वाचन आयोग नयाँ बनाउने घोषणा गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, न्यायाधीश र मानव अधिकार आयोगमा पुरानैलाई निरन्तरता दिने निर्णय गरेको छ। आजबाट बैंक भने खुला भएको छ।
— Dipak Bhattarai (@dipakbhattarai) February 1, 2021This is life in #Yangon this morning after 8am. #Myanmar pic.twitter.com/mXMetnaAKe
याे पनि :
नेपालले भन्योः म्यानमारमा चाँडै प्रजातान्त्रिक प्रक्रिया पुनर्स्थापना हुने आशा छ
Shares

प्रतिक्रिया