ad ad

राजनीति


जिल्ला समितिमा नरहेकालाई पनि ओलीले बनाए केन्द्रीय सदस्य

जिल्ला समितिमा नरहेकालाई पनि ओलीले बनाए केन्द्रीय सदस्य

नेपालखबर
पुस ८, २०७७ बुधबार ५:३१,

केपी ओली नेतृत्वको नेकपामा सर्लाहीबाट सात जना केन्द्रीय सदस्य चयन भएका छन्।

पार्टीको जिल्ला समिति सदस्यसमेत नरहेका राजनारायण साह पनि ओली नेतृत्वको नेकपामा केन्द्रीय सदस्य मनोनित भएका छन्।

ओलीले आफू नेतृत्वको नेकपाको केन्द्रीय समिति ११९९ सदस्यीय बनाएका छन्। जसमा सर्लाहीबाट हरि उप्रेती, मनोज देवकोटा, गणेश प्रसाईं, कल्पना कटुवाल, राजनारायण साह, बद्री न्यौपाने र कमलादेवी महतो चयन भएका छन्।

केन्द्रीय सदस्य चयन हुने न्यौपाने र कमलादेवी महतो मात्रै यसअघि मूल पार्टीको पनि केन्द्रीय सदस्य थिए। बाँकी पाँच जना केन्द्रीय समितिमा नयाँ अनुहार हुन्। केन्द्रीय सदस्यमा मनोनित हुने राजनारायण साह मूल पार्टीको जिल्ला समितिमा पनि थिएनन्।

केन्द्रीय समितिमा मनोनित हुने बद्री न्यौपाने बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा चुरे भावर पार्टीको तर्फबाट महिला बालबालिका मन्त्री बनेका थिए।

केन्द्रीय समितिमा मनोनित गणेश प्रसाइँ हरिवन नगरपालिकाको मेयर हुन् भने हरी उप्रेती पूर्व सभासद हुन्। त्यसैगरी मनोज देवकोटा तत्कालिन नेकपा एमालेको सर्लाही जिल्ला अध्यक्ष हुन्। कल्पना कटुवाल यसअघि मूल नेकपाको प्रदेश कमिटी सदस्य थिइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .