ad ad

राजनीति


ओलीलाई हटाएर प्रचण्डलाई संसदीय दलको नेता बनाउने तयारी, बैठक बस्दै

ओलीलाई हटाएर प्रचण्डलाई संसदीय दलको नेता बनाउने तयारी, बैठक बस्दै

नेपालखबर
पुस ८, २०७७ बुधबार ४:४५,

आज (बुधबार) नेकपा (प्रचण्ड-नेपाल पक्ष) को संसदीय दलको बैठक बस्दै छ। नयाँ बानेश्वरस्थित संसद् भवन (वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) मा दिउँसो १ बजे बैठक बस्ने भएको हो।

बहुमत सांसद आफूसँग रहेको दाबी गरिरहेको यो पक्षले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता बनाउने तयारी गरेको एक सांसदले जानकारी दिए।

‘आजको बैठकले संसदीय दलको नेता परिवर्तन गर्छ, पार्टी अध्यक्षबाट हटाइएका केपी शर्मा ओलीलाई दलको नेताबाट समेत हटाएर उनको ठाउँमा प्रचण्डलाई बनाउने तयारी छ,’ ती सांसदले नेपालखबरसँग भने।

९० जनाभन्दा बढी सांसद आफूसँग रहेको दाबी गर्ने सो पक्षले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको भन्दै मंगलबार सर्वाेच्च अदालतमा रिट निवेदनसमेत हालेको छ। जसको सुनुवाइ आज हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .