ad ad

राजनीति


कोरोना संक्रमणका कारण भारतमा एक मन्त्रीको मृत्यु

कोरोना संक्रमणका कारण भारतमा एक मन्त्रीको मृत्यु

नेपालखबर
साउन १८, २०७७ आइतबार ५:२४,

कोरोना संक्रमणका कारण भारतमा प्रदेश मन्त्रीको मृत्यु भएको छ।

बीबीसी हिन्दीका अनुसार कोरोना संक्रमणबाट उत्तर प्रदेश मन्त्रिपरिषदकी मन्त्री कमला रानी वरुणको निधन भएकाे हाे। 

उनलाई गत जुलाई १८ तारिख कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यसपछि मन्त्री कमलालाई लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना गरिएकाे थियाे। तर उपचारकै क्रममा आइतबार बिहान उनकाे निधन भएकाे बीबीसी हिन्दीले लेखेकाे छ। 

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले मन्त्री कमलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। यसैकारण उनले आइतबार अयोध्या जाने कार्यक्रमसमेत स्थगन गरेका छन्।

कमला उत्तर प्रदेश (यूपी) सरकारकी शिक्षामन्त्री थिइन्। सन् २०१७ मा भारतीय जनता पार्टीले उनलाई कानपुरको घाटमपुरबाट निर्वाचनमा उम्मेदवार बनाएको थियो।

उनी त्यहाँबाट जित्ने पार्टीको पहिलो विधायक बनेकी थिइन्। त्यसपछि गत वर्ष मात्र उनलाई मन्त्री बनाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .