राजनीति


कांग्रेसको विशेष महाधिवेशनका लागि सजाइँदै भृकुटीमण्डप (तस्बिरहरू)

कांग्रेसको विशेष महाधिवेशनका लागि सजाइँदै भृकुटीमण्डप (तस्बिरहरू)

सबै तस्बिरहरू : सरोज शाही/नेपालखबर


सरोज शाही
पुस २५, २०८२ शुक्रबार १२:२१, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षधरले आयोजना गर्न लागेको विशेष महाधिवेशनका लागि काठमाडौँको भृकुटीमण्डप सजाइँदै छ। 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले १५औँ महाधिवेशनको कार्यतालिका संशोधन गरेर आगामी वैशाख अन्तिम साता गर्ने निर्णय बहुमतबाट गरेको थियो। त्यसमा महामन्त्रीद्वय थापा र शर्मालगायतका नेताले फरकमत राखेका थिए। 

नियमित महाधिवेशन सारिएपछि थापा-शर्मा पक्षले विशेष महाधिवेशन गर्न लागेका हुन्। पुस २७ र २८ गते विशेष महाविधेशन गर्ने तयारी भइरहेको छ। यसका लागि भृकुटीमण्डपलाई कांग्रेसको झण्डाले सजाउन थालिएको छ। 

त्यस्तै, विशेष महाधिवेशनका लागि भृकुटीमण्डपको प्रदर्शनी हल, ठूलो चउर, बगैंचा र मूलगेट छेउको चउर बुकिङ गरिएको छ। त्यस क्षेत्रमा पनि व्यवस्थापन भइरहेको विशेष महाधिवेशन आयोजक समितिले जनाएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad