समाज


‘निर्वाचन प्रहरी’मा भर्ना हुनेको घुइँचो

‘निर्वाचन प्रहरी’मा भर्ना हुनेको घुइँचो

नेपालखबर
पुस २५, २०८२ शुक्रबार १२:२४, काठमाडौँ

महोत्तरीमा ‘निर्वाचन प्रहरी’मा भर्ना हुनेको घुइँचो लागेको छ। 

सरकारले आजदेखि ‘निर्वाचन प्रहरी’मा भर्नाका लागि आवेदन खुला गरेसँगै इच्छुकहरूको घुइँचो लागेको हो। 

अहिले जलेश्वरमा निर्वाचन प्रहरीमा आवेदन दिन आउनेको ठूलो भिड लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीमा तीन हजार ९१२ निर्वाचन प्रहरी भर्ना गरिँदैछ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यावदद्वारा जारी सूचनामा स्वीकृत निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालन सम्बन्धी एकिकृत ९नेपाल प्रहरी(सशस्त्र प्रहरी बल, नेपाल० कार्यविधि २०८२ अनुसार निर्वाचन प्रहरी भर्ना गर्न लागिएको उल्लेख छ ।

चार निर्वाचनक्षेत्र रहेको महोत्तरीमा आसन्न निर्वाचनका लागि २५८ मतदान स्थल, ५३६ मतदानकेन्द्र र चार लाख ३१ हजार २८२ मतदाता कायम भएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad