राजनीति


पूजापाठ गर्न प्रधानमन्त्री कार्की जनकपुरधाममा

पूजापाठ गर्न प्रधानमन्त्री कार्की जनकपुरधाममा

सुभाष कर्ण
चैत ६, २०८२ शुक्रबार १३:११, काठमाडौँ

प्रधानमन्त्री सुशिला कार्कीले शुक्रबार जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाआजा तथा दर्शन गरेकी छिन्।
अन्तरिम सरकारको नेतृत्व गरेपछि जनकपुरधाम पहिलो पटक प्रधानमन्त्री कार्की श्रीमानसहित जानकी मन्दिरमा पूजापाठका लागि आएकी हुन्। सेनाको हेलिकप्टरबाट जनकपुरधाम आएकी प्रधानमन्त्री कार्की विमान स्थलबाट सीधा जानकी मन्दिर पूजापाठका लागि पुगेकी थिइन।
उनलाई मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले पुजापाठ गराएका छन्।

 

अर्चना पश्चात मन्दिरका महन्थ तथा पूजारीहरुसंग समेत भेटघाट समेत गरेका छन्। पूजा पश्चात संचारकर्मीलाई प्रतिक्रिया दिदै भनिन् जनकपुरधाम एकदमै राम्रो लागेको बताइन् । 


आफू राजनीति गर्ने मान्छे नभएकोले धार्मिक प्रयोजनकालागि मात्रै जनकपुरधाम आएको उनको भनाइ थियो। 
जनकपुरधामबाट उनी महोत्तरीको  गौशाला नगरपालिका गएकी छिन। उनले त्यहाँको रहेको निलगाई गौशालाको निरिक्षण गर्ने कार्यक्रम रहेको बुझिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad