नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले रौतहट क्षेत्र नम्बर १ बाट मतदान गरेका छन्।
रौतहटको गौर नगरपालिका वडा नं. २ मा रहेको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्र पुगेर पूर्वप्रधानमन्त्री नेपालले भोट खसालेका हुन्।
उनी त्यही क्षेत्रका उम्मेदवार पनि हुन्। रौतहट-१ मा कांग्रेसका अनिल झा र रास्वपाका राजेश साह पनि उम्मेदवार छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार कोसीका ६ वटा मतदानस्थलबाहेक देशका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको छ।
69
Shares

प्रतिक्रिया