राजनीति


हामी प्रतिगमनविरुद्ध संघर्ष गर्ने मुख्य शक्ति हौँ: नारायणकाजी

हामी प्रतिगमनविरुद्ध संघर्ष गर्ने मुख्य शक्ति हौँ: नारायणकाजी

नेपालखबर
फागुन ६, २०८२ बुधबार ६:४८, सर्लाही

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनको रक्षा र प्रतिगमनविरुद्ध संघर्ष गर्ने मुख्य शक्ति आफ्नो पार्टी रहेको बताएका छन्।

सर्लाही ३ बाट प्रतिनिधिसभाको उम्मेदवार रहेका श्रेष्ठले राजनीतिक परिवर्तनका उपलब्धि आजसम्म सुरक्षित रहनुमा नेपाली कम्युनिस्ट पार्टीको ऐतिहासिक भूमिका रहेको दाबी गरे। 

उनले केही शक्तिहरू परिवर्तनलाई कमजोर पार्ने, उपलब्धि खोस्ने र प्रतिगमन लाद्ने प्रयासमा लागेको आरोप लगाए।

संविधान, लोकतन्त्र र परिवर्तनका उपलब्धिहरूको रक्षा गर्दै देशलाई समृद्धिको दिशामा लैजान नेकपा प्रतिवद्ध छ, श्रेष्ठले भने।

उनले राजनीतिक परिवर्तनपछि देशलाई सामाजिक–आर्थिक विकासमा रूपान्तरण गर्ने, सुशासन र सामाजिक न्यायको पक्षमा अभियान चलाउने काम आफ्नो पार्टीले गरेको बताए।

पछिल्लो समय युवापुस्ताले उठाएका मुद्दा, विशेषगरी ‘जेन–जी’ का आवाजहरूलाई पार्टीले समर्थन गरेको र युवामाथि हुने दमनको विरोध गर्दै आएको श्रेष्ठको भनाई थियो। 

उनले भ्रष्टाचारविरुद्ध सुशासन, राजनीतिक दलहरूको सुधार तथा रूपान्तरण, राजनीतिक स्थिरता र विकासको मुद्दा अघि बढाउँदै देशलाई समृद्ध बनाउने लक्ष्य अनुसार पार्टीले काम गरिरहेको बताए। 

श्रेष्ठले सत्य–तथ्य जनतासम्म स्पष्ट रूपमा पुगेमा संविधान र लोकतन्त्रको रक्षा, विकास र समृद्धिको यात्रामा जनताको साथ रहने विश्वास व्यक्त गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad