राजनीति


क्षेत्रीय संयोजकले छाडे एमाले, नारायणकाजीले गरे नेकपामा स्वागत

क्षेत्रीय संयोजकले छाडे एमाले, नारायणकाजीले गरे नेकपामा स्वागत

नेपालखबर
माघ २८, २०८२ बुधबार १२:२७, सर्लाही

एमाले सर्लाहीका एक नेताले पार्टी छाडेका छन्। एमाले सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ (ख) का संयोजक महावीर यादवले पार्टी परित्याग गरेका हुन्। 

बरहथवामा आयोजित एक कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा सर्लाही क्षेत्र नम्बर ३ का उम्मेदवार नारायणकाजी श्रेष्ठले यादवलाई आफ्नो पार्टीमा स्वागत गरेका छन्। 

यादव यसअघि माओवादी केन्द्रमै थिए। पाँच वर्षअघि उनी एमालेमा गएका थिए। 

नेकपामा प्रवेश गर्दै उनले आफू जहाँ रहे पनि सत्य र इमानमा रहने दाबी गरे। 

कार्यक्रममा नेताहरु नारायणकाजी श्रेष्ठ, अशोक यादव, आरती लामा लगायतले सम्बोधन गरेका थिए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad