राष्ट्रिय सभा निर्वाचनका लागि मधेस प्रदेशबाट ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
मधेसमा राष्ट्रिय सभाका ४ सिटका लागि चुनाव हुँदै छ। यसमा नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धन, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) तथा लोकतान्त्रिक समाजवादी पार्टी र जसपा नेपालबाट ११ जनाले उम्मेदवारी दिएका हुन्।
लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले अन्यतर्फ उम्मेदवारी दर्ता गराएका छन्। उनको उम्मेदवारीमा लोसपाका मधेस प्रदेश सभा सदस्य जयनुल राइन प्रस्तावक र रानी शर्मा तिवारी समर्थक बसेका छन्। ठाकुरको उम्मेदवारीमा जसपा नेपालको पनि समर्थन गरेको छ।
त्यस्तै, जसपा नेपालबाट राष्ट्रिय सभा सदस्यका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ। जसपा नेपालबाट अल्पसंख्यकतर्फ शैलेश चौधरी, महिलातर्फ चन्दा साह र दलिततर्फ चमेली देवी दासले उम्मेदवारी गराएका हुन्। जसपा नेपालबाट उम्मेदवारी दिने चौधरी सप्तरी, साह सिरहा र दास धनुषाकी हुन्।
नेकपाबाट दलिततर्फ शम्भु पासवान, अल्पसंख्यकबाट रामनन्दन प्रसाद, अन्यबाट लक्ष्मण पौडेल र मधेसी क्लस्टरबाट समी कुमारी अग्रवालले उम्मेदवारी दर्ता गराएका हुन्।
यसैगरी कांग्रेस-एमाले गठबन्धनबाट दलिततर्फ कांग्रेसका अमरेन्द्र पासवान, अल्पसंख्यकतर्फ कांग्रेसका रञ्जित कर्ण र महिलातर्फ एमालेकी रेखा झाले उम्मेदवारी दर्ता गराएकी छन्।
Shares

प्रतिक्रिया