राजनीति


महोत्तरीमा थपिए ३४ हजार भन्दा धेरै मतदाता

महोत्तरीमा थपिए ३४ हजार भन्दा धेरै मतदाता

फाइल तस्बिर


नेपालखबर
पुस २३, २०८२ बुधबार ६:२७, महोत्तरी

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरीमा ३४ हजार २५२ नयाँ मतदाता थपिएका छन्। 

जिल्ला निर्वाचन कार्यालयका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा २० हजार ५२ पुरुष, १४ हजार १९९ महिला र एक जना अन्य गरी ३४ हजार २५२ नयाँ मतदाता थपिएका हुन्।
    
जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाका अनुसार जिल्लामा कूल मतदाता चार लाख ३१ हजार २८२ रहेका छन्। 

यसअघि जिल्लामा तीन लाख ९७ हजार ३० जना मतदाता थिए। महोत्तरीमा चारवटा निर्वाचन क्षेत्र रहेका छन् 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad