समाज


बिहान ५:४५ मा कति देखियो काठमाडौँको न्यूनतम तापक्रम?

बिहान ५:४५ मा कति देखियो काठमाडौँको न्यूनतम तापक्रम?

नेपालखबर
पुस २३, २०८२ बुधबार ६:३९, काठमाडौँ

सुरुवाती मापनमा आज बुधबार पनि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजोकै हाराहारीमा देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस देखिएको हो। हिजो मंगलबार यो समय काठमाडौँको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस थियो।

तर पछि बिहान ८:४५ बजे थप घटेर मंगलबार काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस कायम भएको थियो।

आजको आधिकारिक न्यूनतम तापक्रम पनि सोही समयमा पुन: मापन गरिनेछ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अरू घट्ने सम्भावना हुन्छ। 

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad