नेकपा (एमाले) हरिवन नगर कमिटीको अध्यक्षमा सीताराम पोखरेल चयन भएका छन्।
शनिबारदेखि सुरु भएको तेस्रो नगर अधिवेशन सर्वसम्मत रुपमा पार्टी नेतृत्व चयन गर्दै आइतबार साँझ सकिएको हो।
नेतृत्वमा आकांक्षीको संख्या धेरै हुँदा सहमतिको लागि लामो समय लागेको अधिवेश बन्द सत्रको अध्यक्ष मण्डलका संयोजक केशव ढकालले जानकारी दिए।
पोखरेलसँगै रामप्रसाद घिमिरे, यज्ञविनोद ढुंगेल, रामकुमार महतो, नवीन शर्मा र सुरेश भट्टराई अध्यक्षका आकांक्षी थिए।
अध्यक्षमा चयन हुने पोखरेल सामुदायिक वन उपभोक्ता महासंघ सर्लाहीका अध्यक्षसमेत हुन्। उनी यसअघि पनि एक कार्यकाल एमाले हरिवन नगर कमिटीको अध्यक्ष भैसकेका थिए।

कमिटीको उपाध्यक्षमा राजेश मुक्तान, सचिव सन्दीप थापा, उपसचिव पविमाया पाख्रिन र प्रमोद महतो चयन भएका छन्। नगर कमिटी ७५ सदस्यीय छ।
पदाधिकारीसहित सबै पदमा सर्वसम्मत भएको नवनिर्वाचित अध्यक्ष पोखरेलले बताए।
Shares

प्रतिक्रिया