ad ad

राजनीति


नेपाल-भारतबीचको खुला सीमा अवसर हो : केशव झा

नेपाल-भारतबीचको खुला सीमा अवसर हो : केशव झा

नेपालखबर
असार १२, २०८१ बुधबार १२:०, वीरगन्ज

‘नेपाल भारत खुला सीमा सम्वाद समूह’ पर्साले वीरगन्जमा अन्तक्रिया कार्यक्रम गरेको छ। 

राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल र भारतका नगरिकको उपस्थिति थियो। 

‘खुला सीमा सुमधुर सम्बन्धको सेतु’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै नेता झाले दुई देशको आधुनिक सीमा र नाम राखिनुअघि देखि नै नेपाल र भारतका जनताबीच सम्बन्ध कायम रहेको बताए। 

‘नेपाल र भारतको सम्बन्ध दिल्ली र काठमाडौँको नियम कानुनले मात्रै चल्न सक्दैन,’ उनले भने, ‘दुई देशका नागरिकबीच बहुआयामिक सम्बन्ध छ। खुला सीमा दुवै देशका लागि अवसर हो। सीमाका रक्षक जनता हुन्।’

कार्यक्रममा भारतका समाजसेवी महेश अग्रवाल, चन्द्रकिशोर, प्रदेश सदस्य श्याम पटेल, डा.घनश्याम ठाकुर, नेजामुदिन समानी, कृष्णा पटेल, रम्भा मिश्र, शिव पटेल, शिपु तिवारी, देवेन्द्र मिश्र, अशोक वैद्य, भारतीय महावाणिज्यदूतावासका शशि भुषण, अनिरुद सिंह कल्वार लगायतको सहभागिता थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .