राजनीति


बारा २ : फेरि अग्रता बढाउँदै उपेन्द्र यादव, शिवचन्द्र पछि परे

बारा २ : फेरि अग्रता बढाउँदै उपेन्द्र यादव, शिवचन्द्र पछि परे

फाइल तस्बिर


नेपालखबर
बैशाख ११, २०८० सोमबार १८:४१, काठमाडौँ

बारा  क्षेत्र नम्बर २ सत्ता गठबन्धनको सहयोगमा उम्मेदवारी दिएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले फेरि अग्रता बनाउँदै लगेका छन्। 

जनमत पार्टीका शिवचन्द्र कुशावाहले अग्रता बनाइरहेका बेला पछिल्लो गणनाअनुसार यादव फेरि अगाडि आएका हुन्। 

सुरुवाती दुई नतिजामा अगाडि रहेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव त्यसपछि दोस्रो नम्बरमा थिए। तर अहिले फेरि उनी अगाडि लागेका हुन्। 

कलैयाको शिक्षा तालिम केन्द्रमा भइरहेको मतगणनाको पछिल्लो परिणामअनुसार यादवले २ हजार ८३ मतसहित अग्रता बनाइरहेका छन्। 

उनलाई पछ्याइरहेका जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १८ सय ५७ मत ल्याएर दोस्रो नम्बरमा छन्।  

उता नेकपा एमालेका पुरुषोत्तम पौडेल ७३३ मतसहित तेस्रो स्थानमा छन्। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २८० मत ल्याएका छन्। 

अन्तिममा रहेका प्रभु साह नेतृत्वको आमजनता पार्टीका अरुण ज्ञवालीले १७४ मत ल्याइसकेका छन्। अहिले त्यहाँ ५८ सय ३२ मत गनेर सकिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .