ad ad

राजनीति


मधेसमा यी हुन् जसपाका समानुपातिक सांसद

मधेसमा यी हुन् जसपाका समानुपातिक सांसद

नेपालखबर
मंसिर २७, २०७९ मंगलबार ६:१७, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशसभामा समानुपातिकतर्फ प्रतिनिधित्व हुने सदस्यको टुङ्गो लगाएको छ।

पार्टीको कार्यकारिणी समितिको आजको बैठकले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात जनाको नाम सिफारिस गरेको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए। 

जसपाले मधेस प्रदेशसभाका लागि सिफारिस गरेका सदस्यहरूमा मनिषकुमार सुमन (मधेसी पुरुष, अल्पसङ्ख्यक), विन्दुकुमारी यादव (मधेसी महिला), शोभादेवी (मधेसी महिला, अल्पसङ्ख्यक), ललिता दास (दलित महिला), शाहिदा खातुन (मुस्लिम महिला), किर साह (मधेसी महिला) र ममता मण्डल (आदिवासी जनजाति महिला) छन्। जसपाले मधेस प्रदेशमा प्रत्यक्षतर्फ नौ र समानुपातिकमा सात सिट जितेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .