राजनीति


विराटनगरमा एमालेको प्रदर्शन, जिल्ला प्रशासन कार्यालय घेराउ

विराटनगरमा एमालेको प्रदर्शन, जिल्ला प्रशासन कार्यालय घेराउ

सुमन सुस्केरा
चैत १५, २०८२ आइतबार १३:५३, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा विराटनगरमा प्रदर्शन गरेको छ। 

विराटनगरमा नेकपा एमालेका जिल्ला तथा प्रदेश तहका नेता सहितको उपस्थितिमा  पार्टी कार्यालय पाञ्चालीदेखि जिल्ला प्रशासन कार्यालय मोरङमा पुगेर विरोध पत्र बुझाएको हो। एमालेले  कानुनी राज्यमा कानुन सबैलाई समान हुने भन्दै तत्काल पार्टी अध्यक्षको रिहाइको माग गरे ।

विराटनगरमा भएको प्रदर्शनमा नेकपा एमालेका केन्द्रीय सदस्य, जिल्ला नेताहरूले आफ्नो धारणा राखेका थिए। मोरङ जिल्ला कार्यवाहक अध्यक्ष  सागर थापाले तत्काल पार्टी अध्यक्षलाई रिहाइ नगरे त्यसको त्यसको मूल्य सरकारले चुकाउनु पर्ने बताए।

प्रदेश अध्यक्ष घनश्याम खतिवडाले कथित कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको बहानामा प्रतिशोधपूर्ण ढङ्गले अध्यक्ष ओलीलाई पक्राउ गरेको भन्दै तत्काल रिहा गर्न माग राखे। उनले राज्य आतंक बन्द  गर्न माग राख्दै सरकारको यस्तो कदमले मुलुकलाई द्वन्द्व र मुठभेडतर्फ धकेल्ने काम गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad