नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन हुनुमा आफ्नो भूमिका रहेको बताएका छन्।
सोमबार मोरङको सुन्दरहरैंचाको मृगौलियामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै डा.कोइरालाले विगतको चुनावी प्रतिबद्धता अनुरूप ५० जना विद्यार्थीको भर्ना भई गोठ गाउँमा मेडिकल कलेज सञ्चालनमा आएकोमा खुसी व्यक्त गरे। ‘मैले गोठ गाउँमा मेडिकल कलेज ल्याएँ,’ उनले भने।
विद्यार्थी संख्याको वृद्धिसँगै स्थानीय क्षेत्रको स्वरूप फेरिने र आर्थिक विकास हुने उनको भनाइ थियो। यसका साथै कोइरालाले आफ्नो कार्यकालमा भएका विभिन्न नदी नियन्त्रण, तटबन्ध, खानेपानी आयोजनाको विस्तार र भौतिक पूर्वाधार निर्माणका कार्यलाई मतदातामाझ राख्दै सुन्दरहरैंचाको विकासमा उल्लेख्य परिवर्तन आएको बताए।
डा. कोइराला मोरङ–६ बाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बनेका छन्। चुनावी कार्यक्रम अन्तर्गत उनी घरदैलोसँग भेटघाट गरिरहेका छन्।
Shares

प्रतिक्रिया