भोटखोला गाउँपालिका–२ स्थित सानो याक्र्खकमा निर्माणाधीन जलविद्युत् आयोजनाको पहुँच मार्ग खन्ने क्रममा ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्काभेटर चालक चिचिला गाउँपालिका–३ दिदिङका ३८ वर्षीय देवराज राई रहेका छन्।
छुजुङ खोला जलविद्युत् आयोजनामा कार्यरत राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए। उनी साङ्ग्रीला ऊर्जा कम्पनीमा कार्यरत कर्मचारी थिए।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय हेदाङ्नाबाट प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवको कमाण्डमा टोली खटिएको थियो। मृतकको शव परीक्षणका लागि सोमबार जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
150
Shares

प्रतिक्रिया