ग्लोबल


एपस्टिन फाइल: अनिल अम्बानीले युवतीबारे गरेको च्याट सार्वजनिक

एपस्टिन फाइल: अनिल अम्बानीले युवतीबारे गरेको च्याट सार्वजनिक

नेपालखबर
माघ २४, २०८२ शनिबार १६:३०, काठमाडौँ

अमेरिकाको न्याय विभागले जारी गरेको यौन मुद्दामा दोषी ठहर अमेरिकी नागरिक जेफ्री एपस्टिनसम्बन्धी फाइलमा भारतीय उद्योगपति अनिल अम्बानीको नाम पनि जोडिएको छ।

सार्वजनिक दस्तावेजमा सन् २०१७ र २०१९ बिचमा एपस्टिन र अम्बानीले गरेका कुराकानीका प्रमाण भेटिएका हुन्। 

ब्लुमबर्गको रिपोर्टअनुसार, कुराकानीमा व्यापार र विश्वव्यापी मामिलासँगै महिलाका प्रसंग पनि छन्। 

जेफ्री एपस्टिन र अनिल अम्बानीको तस्बिर।

२०१७ मार्च ९ मा भएको संवादमा अनिलले एपस्टिनलाई सोधेका छन्, ‘तपाईंको सुझाव के हो?’

एपस्टिनले जवाफ दिएका छन्, ‘बैठकलाई रमाइलो बनाउन एक अग्लो स्विडिस गोरो महिला राम्रो हुन्छ।’

अनि अम्बानीले भनेका छन्, ‘यसको व्यवस्था गर्नुहोस्।’

यो कुराकानी त्यस्तो समयमा भएको थियो, जब एपस्टिनलाई २००८ मा नाबालिगहरूसँग यौन सम्पर्क गरे/गराएको मुद्दामा दोषी ठहर्‍याइएको थियो। यसका बाबजुद एपस्टिन विश्वभरका धेरै प्रभावशाली र शक्तिशाली व्यक्तिसँग सम्पर्कमा रहिरहे।

रेकर्डहरूले देखाउँछन्- दुई जनाबिच पेरिस र न्युयोर्कमा भेट्ने योजना बनाइएको थियो। २०१९ मेमा अनिल अम्बानी न्युयोर्क भ्रमणमा रहँदा एपस्टिनले उनलाई आफ्नो म्यानहट्टनस्थित घरमा बोलाएर भेटेका थिए।

अन्य इमेलले पनि अम्बानी र एपस्टिनले अन्तर्राष्ट्रिय यात्रा, व्यापार बैठक र विश्वव्यापी मञ्चमा हुने कार्यक्रमबारे छलफल गरेको खुलासा गर्छन्। यसमा पेरिस, न्युयोर्क र विश्व आर्थिक मञ्चमा हुने कार्यक्रममा सम्भावित भेटका कुरा पनि छन्। 

एपस्टिनलाई २०१९ मा यौन बेचबिखनको आरोपमा पुन: गिरफ्तार गरिएको थियो, तर मुद्दा सुरु हुनुअघि नै हिरासतमै उनले आत्महत्या गरे।

जेफ्री एपस्टिन

जसले विश्वव्यापी विवाद निम्त्यायो र उनको नेटवर्कका विषयमा अनुसन्धान सुरु भयो।

एपस्टिनले अम्बानीलाई सोधे : तपाईंलाई मनपर्ने नायिका को हो?

च्याटहरूमा डोनाल्ड ट्रम्प र हलिउडको सन्दर्भ पनि छ। एक कुराकानीमा एपस्टिनले अम्बानीलाई उनको मनपर्ने महिलाबारे प्रश्न गरेका छन्। जसमा अम्बानीले हलिउड अभिनेत्री स्कारलेट जोहानसन मन पर्ने बताएका छन्। 

त्यतिबेला रिलायन्स इन्टरटेनमेन्ट उनको फिल्म 'घोस्ट इन द सेल'को सह-निर्माता थियो। यस अवधिमा एपस्टिनले अम्बानी परिवारसँग सम्बन्धित पुस्तक मगाएका थिए।

यस विषयमा बुझ्न अनिल अम्बानीका प्रतिनिधिसँग सम्पर्क गर्दा टिप्पणी गर्न अस्वीकार गरेको ब्लुमबर्गले उल्लेख गरेको छ। 

अनिल अम्बानी रिलायन्स एडीए समूहका अध्यक्ष हुन्।

सन् २००८ मा उनको सम्पत्ति लगभग ४२ बिलियन डलर अनुमान गरिएको थियो। त्यतिबेला उनी फोर्ब्सको धनी व्यक्तिहरूको सूचीमा छैटौँ स्थानमा थिए।

अम्बानीका अतिरिक्त अन्य धेरै जना भारतीय र भारतीय मूलका सेलेब्रिटी पनि एपस्टिनको सम्पर्कमा थिए।

जसमा फिल्म निर्माता मीरा नायर, निर्देशक अनुराग कश्यप, अभिनेत्री नन्दिता दास र कल्याण गुरु दीपक चोपडा छन्।

यद्यपि फाइलमा नाम हुनु कुनै अपराधको प्रमाण होइन; यसले केवल सामाजिक वा व्यावसायिक सम्बन्धलाई संकेत गर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad