राजनीति


वाहियात कुरा, भिजिट भिसा प्रकरण र अग्नि सापकोटाबीच कुनै साइनो छैन: प्रचण्ड

वाहियात कुरा, भिजिट भिसा प्रकरण र अग्नि सापकोटाबीच कुनै साइनो छैन: प्रचण्ड

शनिबार बिहान विराटनगर विमास्थलको कक्षमा पत्रकारहरूलाई जवाफ दिँदै प्रचण्ड।


नेपालखबर
जेठ ३१, २०८२ शनिबार ९:४४, विराटनगर

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदन खुलाउन सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेसँग गरेको सहमति र आफ्नो पार्टीका उपाध्यक्ष अग्नि सापकोटाबीच कुनै साइनो नभएको जिकिर छन्।

भिजिट भिसा प्रकरणका आरोपित गृहमन्त्री रमेश लेखकले राजीनामा दिनैपर्ने अडान राखे जेठ १३ देखि निरन्तर संसद् बैठक अवरुद्ध पारिरहेको माओवादी केन्द्रले (शुक्रबार जेठ ३०) यो कुरा छाड्दै सदन खुलाउन कांग्रेस र एमालेसँग दुईबुँदे सहमति गरेको छ।

सोही सन्दर्भमा आज शनिबार बिहान विराटनगर विमानस्थलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पत्रकारले प्रश्न गरे। 

जवाफमा उनले भने, ‘वाहियात कुरा मानिसहरूले प्रचार गर्ने गर्‍या छन्, त्यस्तो केही पनि होइन, यो कुरा र अग्नि (सापकोटा) को कुनै साइनो सम्बन्ध छैन।’ 

माओवादी केन्द्रका उपाध्यक्ष सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको हत्या गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। 

आफ्ना उपाध्यक्ष सापकाेटाविरुद्धको मुद्दासँग माओवादी केन्द्रले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने अडान साटेको आरोप लागिरहेका बेला अध्यक्ष प्रचण्डले खण्डन गरेका हुन्।

सुन्नुहोस् भिडिओ-

उनले भिजिट भिसा प्रकरण छानबिनको मुद्दा नछाडेको जिकिर पनि गरे। 

यस प्रकरणमा एक महिनाभित्र छानबिन समिति बनाउने सहमति भएपछि तत्काललाई संसद् बैठक चल्न दिने सहमति गरिएको दाबी उनले गरे। 

निजामती सेवा ऐन, शिक्षा सेवा ऐनलगायत महत्त्वपूर्ण ऐनहरू पारित गराउन ढिला भएकाले सदन खुलाउने सहमति गरिएको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad