राजनीति


धनकुटा पुगेर मुख्यमन्त्री कँडेलले भने- कर्णालीको पर्यटन क्षेत्रमा लगानी गर्नुस्

धनकुटा पुगेर मुख्यमन्त्री कँडेलले भने- कर्णालीको पर्यटन क्षेत्रमा लगानी गर्नुस्

नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार १३:३१, धनकुटा

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको पर्यटन क्षेत्रमा लगानीका गर्न आग्रह गरेका छन्। आज भेडेटारस्थित स्काइवाक अवलोकनपछि उनले निर्माण कम्पनी वन्डर्स एम्युजमेन्ट पार्क्स एन्ड अट्रयाक्सन्स प्रालिलाई कर्णाली प्रदेशमा पनि साहसिक पर्यटनको ठुलो सम्भावना भएको उल्लेख गर्दै लगानी गर्न आग्रह गरे।
    
‘शुक्रबार यहाँको स्काइवाकमा अवलोकन गर्न पाउँदा निकै खुसी लागेको छ, म चाहन्छु, निर्माण कम्पनीले कर्णाली प्रदेशको पर्यटन विकासका लागि लगानी गर्नुहोस्, यसका लागि प्रदेश सरकार सहजीकरणका लागि तयार छ,’ उनले भने । उनले स्काइवाकमा हिँड्दा डरसँगै खुसीको अनुभव भएको प्रतिक्रियासमेत दिए। 

धनकुटाको साँगुरीगढी गाउँपालिका– ४ र धरान उपमहानगरपालिका– ६ को संगमस्थल भेडेटारस्थित चार्ल्स प्वाइन्टमा रु. २० करोडमा स्काइवाक निर्माण गरिएको हो। स्काइवाक निर्माणपछि यहाँको पर्यटकीय गतिविधि बढेको स्काइवाक भेडेटारका निर्देशन सुनील भुसालले बताए। 
    
स्काइवाकबाट भेडेघाटर बजार, धरानदेखि इटहरीसम्मको मनोरम दृश्य तथा चारकोसे झाडी, सानोपाथीभरा मन्दिर, साँगुरीगढीलगायतको दृश्यावलोकन गर्न सकिन्छ । स्काइवाकको अनुभव लिनका लागि प्रतिव्यक्ति रु. पाँच सय शुल्क तोकिएको छ ।

स्काइवाकमा ३३ मिमि सिसाको प्रयोग गरिएको छ भने परियोजनामार्फत प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब एक सयजनाले रोजगारी पाएका छन् । यहाँ स्वदेशीसँगै भारतीय र बंगलादेशी पर्यटक आउने गरेका छन्। त्यस अवसरमा नेकपा (एमाले) प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, एमाले नेता विशाल भट्टराई, यज्ञराज सुनुवार, कोशी प्रदेश सभा सदस्य निरन राईलगायतको उपस्थिति थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad