राजनीति


मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीलाई १२७७ मतको अग्रता

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीलाई १२७७ मतको अग्रता

नेपालखबर
मंसिर १७, २०८१ सोमबार ५:४, काठमाडौँ

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीलाई १२७७ मतको अग्रता

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीले अग्रता बढाउँदै लगेको छ। निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार ग्रामथानका माओवादी उम्मेदवार नमो नारायण माझीले  झण्डै एक हजार २७७ मतको अग्रता बनाइसकेका छन्। 

उनले तीन हजार सात सय ४५ मत पाउँदा कांग्रेसका बलराम सरदार थारुले दुई हजार चार सय ६४ मत पाएका छन्। 

एमालेका तुलसीराम विश्वासले अहिलेसम्म एक हजार ६ सय १८ मत पाएका छन्।  

यसअघि नेपाली कांग्रेसले जितेको यो गाउँपालिकामा उपाध्यक्ष र ५ वडाध्यक्षमा एमालेबाट विजयी भएका थिए।

माओवादीले एक मात्रै वडाध्यक्ष जितेको थियो। तर अहिले माओवादी उम्मेदवारले सुरुदेखि नै अग्रता बनाइरहेका हुन्। 

२०७९ को स्थानीय तहको निर्वाचनमा ग्रामथान गाउँपालिका अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारु विजयी भएका थिए। उनले ७६०५ मत पाएका थिए।

त्यतिबेला एमालेका शिव नारायण माझी थारुले ६०९३ मत र माओवादी केन्द्रका विजय कुमार सरदारले २७२७ मत पाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad