ad ad

राजनीति


सर्वोच्चको आदेशपछि कोशीमा नयाँ सरकार बनाउन आह्वान, प्रदेश प्रमुखले दिए ५ दिनको समय

सर्वोच्चको आदेशपछि कोशीमा नयाँ सरकार बनाउन आह्वान, प्रदेश प्रमुखले दिए ५ दिनको समय

फाइल तस्बिर


नेपालखबर
साउन १२, २०८० शुक्रबार १४:५, काठमाडौँ

कोशी प्रदेशका दुई वा दुईभन्दा धेरै दलको सहभागितमा नयाँ सरकार निर्माणका लागि फेरि आह्वान भएको छ।

सर्वोच्च अदालतको बिहीबारको आदेशअनुसार असार २१ मा मुख्यमन्त्री बनेका उद्धव थापाको नियुक्ति बदर भएसँगै प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकारका लागि आह्वान गरेका हुन्। 

‘नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाको सदस्यलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरी कोशी प्रदेश सरकार गठन गर्ने प्रयोजनका लागि मिति साउन गते मंगलबार अपरान्ह ५ बजेभित्र आफ्नो दाबी पेस गर्न कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङ्गज्यूले आह्वान गर्नुभएको छ’, प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले भनेका छन्। 

प्रदेश प्रमुखको कार्यालयले उद्धव थापा नेतृत्वको तत्कालीन सरकारबारे सर्वोच्च अदालतको पूर्ण इजलासबाट भएको आदेशबमोजिम ‘जुन बिन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटी भएको हो, त्यही अवस्थाबाट संविधानसम्मत् तवरले प्रक्रिया अगाडि बढाउन मनासिब हुने देखिएको हुँदा यो निर्णय लिइएको जनाएको छ।

प्रदेश प्रमुखको कार्यालयले सर्वोच्च अदालतबाट साउन गतेभित्र नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नु भन्ने परमादेश जारी भएकोले सरकार गठनको आह्वान गरिएको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .