ad ad

राजनीति


एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा प्यानलसहित विजयी

एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा प्यानलसहित विजयी

आफ्नो प्यानलबाट निर्वाचित पदाधिकारीसँग कुलमणी देवकोटा (कालोटोपी)


दिनेश बुढा
चैत १२, २०८० सोमबार ५:२७, सुर्खेत

एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन्। अध्यक्षका प्रतिद्वन्द्वी अमृतबहादुर बिसीलाई हराउँदै देवकोटा आफ्नो प्यानलसहित अध्यक्षमा निर्वाचित भएका हुन्। 

देवकोटाले ३५१ मत प्राप्त गर्दा बिसीले जम्मा १३२ मत मात्रै प्राप्त गरे। 

उपाध्यक्षमा देवकोटा प्यानलका मोहनबहादुर बडुवाल ३४६ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी बिसी प्यानलका ताराकेशर गौतमले जम्मा १३० मत प्राप्त गरेका छन्। 

यस्तै, सचिवमा देवकोटा प्यानलका डम्बर तिवारीले २९१ मत ल्याउदै विजयीहुँदा उनका निकटतम प्रतिद्वन्द्वी डण्डीप्रसाद शर्माले १८९ मत प्राप्त गरेका छन्। 

उप(सचिव खुलामा टिकाराम सोमै र उपसचिव महिलामा सुशीला विश्वकर्मा निर्वाचित भएका छन्। टिकारामले ३२४ मत र सुशीलाले ३३५ मत प्राप्त गरेका छन्। 

यस्तै, टिकारमका प्रतिद्वन्द्वी बिसी प्यानलका हरिप्रसाद अधिकारीले १३४ मत र तृप्ती विश्वकर्माले १३३ मत प्राप्त गरेका छन्। 

नेकपा एमाले सुर्खेतको नवौं अधिवेशनबाट नयाँ नेतृत्वका लागि आइतबार दिउँसो १२ बजेदेखि मतदान भएको थियो। १२ बजेदेखि सुरू भएको मतदान प्रक्रिया बेलुका ६ बजेसम्म सकिएको थियो। 

त्यसपछि मतगणना आइतबार रातिदेखि सुरू गरिएको थियो। 

पाँच पदाधिकारीसहित अन्य सदस्यहरूका लागि भएको निर्वाचनमा कुल ४९५ मतदाता मध्ये ४८६ जना मतदाताले मतदान गरेका थिए।

निर्वाचन कमिटीले निर्वाचित भएको घाेषणा गर्न भने बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .