ad ad

राजनीति


राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सुर्खेतमा भने– दरबार हत्याकाण्डको छानबिन जरुरी

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सुर्खेतमा भने– दरबार हत्याकाण्डको छानबिन जरुरी

सुर्खेतमा आइतबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत।


दिनेश बुढा
जेठ १४, २०८० आइतबार ९:४६, सुर्खेत

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डको छानबिन गर्न जरुरी रहेको बताएका छन्। 

सातै प्रदेशमा अभियानअन्तर्गत कर्णाली आइपुगेका अध्यक्ष लिङ्दे्नले आइतबार बिहान सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै राजदरबार हत्याकाण्डको छानबिन हुनुपर्ने आफ्नो पार्टीको माग भएको बताए। 

‘राजदरबार हत्याकाण्डको छानबिन गर्न कुनै आपत्ति छैन। छानबिन गर्न जरुरी छ’, उनले भने, ‘हामीले यी सबै माग राखेका छौँ।’

नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै उनले देशका तमाम भ्रष्टाचार काण्डको अनुसन्धान हुनुपर्ने आफ्नो पार्टीको माग भएको बताए। 

२०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको वंशै सखाप पारिएको थियो। तर अहिलेसम्म उक्त घटना कसले गरायो भन्ने कुरा रहस्यकै गर्भमा छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .