ad ad

राजनीति


कर्णालीमा पुस २७ गते साँझसम्म सरकार गठन गर्न आह्वान

कर्णालीमा पुस २७ गते साँझसम्म सरकार गठन गर्न आह्वान

फाइल तस्बिर


नेपालखबर
पुस २१, २०७९ बिहिबार १२:४२, काठमाडौँ

कर्णाली प्रदेश सरकार गठनका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख तिलक परियारले ७ दिनभित्र सरकार गठन गर्न आह्वान गरेका हुन्। 

बिहीबार प्रदेश प्रमुख कार्यलयले प्रेस विज्ञप्ति जारी गर्दै पुष २७ गते अपरान्ह ५ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेको हो।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरिएको छ।

कुनै दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा त्यसभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिको नेतृत्वमा सरकार गठन गर्न समेत विज्ञप्तिमा भनिएको छ।  

कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कसले सरकारको नेतृत्व गर्ने भन्ने विषयमा केन्द्रको निर्णय कुरीरहेका छन्। 

कर्णाली प्रदेशमा ४० जना सांसहरुमा कांग्रेसका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, एकीकृत समाजवादीको १/१ र एक जना स्वतन्त्र सांसद रहेका छन्। सरकार गठनका लागि २१ सिट आवाश्यक पर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .